दुई शीर्ष नेता नेम्वाङ र खनालबीच सवालजवाफ

142

साझाट्युव : १६ असार, काठमाडौं ।

सिंहदरबारमा ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेता एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको बीचमा सवालजवाफ भएको हो ।

कार्यक्रममा बोल्दै खनालले एमालेले संसद् अवरोध गरेकै कारण जनताले आफ्नो कुरा राख्न नपाएको भनेक हुन् । पछिल्लो समय लगातार नौ महिनासम्म अवरोध गरेको चर्चा गर्दै उनले भने अवरोधकै कारण पुनर्स्थापित प्रतिनिधिसभामा समेत जनताको कुरा राख्न नपाइएको र सरकारले कानुन बनाउन नपाएको गुनासो पनि गरे ।

खनालले भने दुई दुई पटक सम्म संसद भंग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले समेत रोकेको भन्दै पुनर्स्थापित संसदमा पनि एमालेले लगातार अवरोध गरेको भनेका हुन् । त्यसैको कारण संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति पनि देखापर्न थालेको खनालको भनाइ रहेको छ ।

यसैगरी खनालले एमालेको आलोचना गरेपछि सुवास नेम्वाङले पनि जवाफ दिएका छन् । नेम्वाङले भने, ‘संसद् अवरोध अहिलेको कुरा गर्नु भयो । कि विगतमा पनि अवरोध भएको थियो । को(को थियौं विगतमा अवरोध गर्नेहरू याद गराओं ।’

नेम्वाङले ,किन र के कारणले संसद् अवरोध हुन्छ यस विषयमा अध्ययन गर्न सुझाव दिँदै ‘के कारणले संसद अवरोध हुन्छ भनेर पूर्वसांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिनलाइ आग्रह गर्दछु भने ।’

LEAVE A REPLY