धनकुटाको छथरजोरपाटी गाउँपालिकामा करेन्ट लागेर पुरुषको मृत्यु

145

साझाट्युव : १६ असार,धनकुटा ।

बिहीबार धनकुटाको छथरजोरपाटी गाउँपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

छथरजोरपाटी गाउँपालिका १ हात्तिखर्क माबिबुङ्गका २९ वर्षिय लक्ष्मण लिम्बुको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले बताएको छ ।

स्थानीय शम्भु लिम्बुको घरमा बिग्रिएको बत्ती बनाउनको लागि विद्युतको पोलमा चढेर बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको र अहिले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY