गौतमले भने ओलीलाई तपाईले नै वाम एकतालाइ जोड्न पहल गर्नुस्

143

साझाट्युव : १६ असार, काठमाडौं ।

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्, । भेटमा उनले ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिनलाइ आग्रह समेत गरेका छन् । भने तत्कालिन नेकपा जोड्ने अभियानमा लागिपरेका उनले पार्टी निर्णय गरेपछि ओलीसंग पहिलो पटक भेट्नलाइ बालकोट पुगेका हुन् ।

गौतमको सचिवालय स्रोतका अनुसार ‘तत्कालिन नेकपा विभाजन भएसंगै पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकतालाइ जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जानेछ भन्दा केपी कमरेडले खासै प्रतिक्रिया नदिएको अन्यथा विगतका कुरा गरेर फर्केको बताए ।’ गौतमद्वारा राखिएको प्रस्तावलाई ओलीले खासै महत्वका साथ नलिएको स्रोतले बताएको छ। ओली निकट एक नेताका अनुसार तत्कालिन नेकपा फुटाउनमा गौतम आफै सक्रिय भूमिकामा रहेकाले पुनः एकता गराउन जानुको कुनै अर्थ नरहेको समेत बताए ।

‘तत्कालिन नेकपालाइ फुटाउनका लागि वामदेव कमरेड आफै लाग्नुभयो । यदि उहाँ खुलेर नलागेको भए आज यो अवस्था हुने थिएन’ ती नेताले भने, ‘ यतिबेला आएर नेकपा जोड्छु भनेर कहाँ हुन्छ ? यो केही उपाय नलाग्ने कुरा हुन्, ’ यसैगरी गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेटेर वाम तालमेलसँगै एकता गर्नको लागि आग्रह गर्ने भएका छन् ।

 

 

 

 

LEAVE A REPLY