अवैध रुपमा बसिरहेका १३ जना नेपाली दक्षिण कोरियामा पक्राउ

143

साझाट्युव :  क़ेव्र्पुइ १७ असार, काठमाडौं ।

अवैध रुपमा काम गर्दै बसिरहेका १३ जना नेपाली दक्षिण कोरियामा पुलिसले पक्राउ गरेका छन् । उनीहरुलाई दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा लागेको छ ।

पक्राउ पर्ने व्यक्तिहरुको नाम ठेगाना भने अहिलेसम्म खुलेको छैन । उनिहरुसबैलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जानकारी दिएको छ ।

अध्यागमन अधिकारीका बताए अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरेर ठेक्का अवधि पुरा नहुदै गैरकानुनी रुपमा अर्को स्थानमा काम गरिरहेको बेला पक्राउ परेका हुन् । भने अरु नौ जना कनटेक्ट अवधि सकिएर पनि दक्षिण कोरियामानै रहिरहेका कारण पक्राउ परेका छन् ।

उनीहरुमध्ये दुई जनाले भने दक्षिण कोरियाका प्रतिनिधिसितको मिलो मतोमा मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी तरिकाले रोजगारीमा लगाउने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

LEAVE A REPLY