मुख्यमन्त्री फेर्न दबाब दिँदै सत्ता साझेदार दल काँग्रेस र माओवादी, मन्त्रीहरु फिर्ता गर्ने तयारी

152

साझाट्युव : १७, असार, काठमाडौं ।

बागमती प्रदेशको मुख्यमन्त्री फेर्नका निम्ति सत्ता साझेदार दलहरुले दबाब दिन थालेका हुन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्नको लागि दबाबस्वरुप सरकारदेखि आफ्ना मन्त्री फिर्ता बोलाउने भएका छन् ।

 

नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व गर्दै आइरहेका छन् । मुख्यमन्त्री पाण्डेले सहज तरिकाले मुख्यमन्त्री फेर्न मार्ग प्रशस्त नगरेमा काँग्रेस र माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर दबाब बढाउने रणनीति अख्तियार गर्ने भएका हुन् ।

सत्ता साझेदार दल काँग्रेस र माओवादीको संसदीय दलको बैठकमा यस सम्बंधामा छलफल भइसकेको स्रोतले जानकारी दिएको छ । दुवै दल मुख्यमन्त्री फेर्नुपर्ने पक्षमा रहेका छन् । मुख्यमन्त्री पाण्डेले सहज रुपमा राजीनामा नदिएको अवस्थामा सरकारदेखि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने गरी संसदीय दलमा छलफल समेत गरेको नेपाली काँग्रेसका एक प्रदेशसभा सदस्यले बताए ।

यस सम्बन्धमा थप निर्णयको अधिकार संसदीय दलको नेतालाई दिइएको समेत उनले बताए । प्रदेश सरकार परिवर्तन गर्ने चर्चा भएसंगै मुख्यमन्त्री पाण्डेका अतिरिक्त काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ काठमाडौंमा शीर्ष नेताहरुसित छलफलका निम्ति गएका छन् ।

LEAVE A REPLY