आयोगले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाइ दियो प्रमाणपत्र

175

साझाट्युव : १७, असार, काठमाडौं ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आयोगले निर्वाचन दर्ताको प्रमाणपत्र दिएको छ ।

यसैगरी आयोगलद्वारा प्रस्ताव राखेको घण्टी चुनाव चिन्हलाइ भने आयोगले संशोधन गरेको छ । चुनाव चिन्ह घण्टी अर्कै दलको रहेकोले आयोगले पार्टीलाई गोलाकारमा रहेको घण्टी चिन्ह प्रदान गरेको छ ।

गत असार ७ गते रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै दर्ताको निम्ति आयोगमा निवेदन दिएका थिए । उनले चुनाव चिन्ह घण्टी राख्नको लागि प्रस्ताव राखेका थिए ।

उनले पार्टी दर्ताको निवेदन आयोगमा दिएपछि विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारहरूको एलाइन्सले उक्त पार्टी दर्ता नगर्नको लागि आग्रह साथ ध्यानाकर्षण समेत गराएका थिए ।

LEAVE A REPLY