स्वास्थ्य मन्त्रालयकाे चेतावानी : मनसुनका कारण हैजाको खतारा छ

159

साझाट्युव : १८ असार, काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुनका कारण हैजाको खतारा रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारीमा रहन सबै अस्पतालहरु लाई निर्देशन सहित चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा समीर कुमार अधिकारीले मनसुनका कारण प्राकृतिक विपति संगै खानेपानी प्रदूषण भई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पतालाई निर्देशन दिएका हुन् । हालसम्म काठमाडौँ उपत्यकाभित्र हैजाका १७ बिरामी फेलापरेका छन् ।

अस्पतालहरुबाट आवश्यक सूचना सङ्कलन र निगरानी गरि तत्काल उपचारमा संलग्न हुनुपर्ने भएकाले स्रोतसाधनको अधिकतम उपयोग गरेर जनधनको क्षति न्यूनीकरण हुने गरी संयन्त्र तथा कार्ययोजना तयार पार्न पनि निर्देशन दिएका छन् ।

LEAVE A REPLY