सप्तकोसी नदीले धार परिबर्तन , चार हजार घर जोखिममा

157

साझाट्युव : १९ असार,उदयपुर ।  

उदयपुर- गत शुक्रबारबाट अत्यधिक वर्षाका कारण बाढी बढे पछि सप्तकोसी नदीले आफ्नो धार परिबर्तन गरेकोछ । नदीको धार परिबर्तन भए संगै चार हजार घर नदी कटान सतही डुबानको उच्च जोखिममा परेका छन् ।

सशस्त्र प्रहरी बलद्वारा सप्तकोसीको सम्भावित कटान र डुबान रोक्नको लागि बाँध निर्माणलाई तीव्रता दिरहेका छन् । नदीको धार परिबर्तन भएर गाउँतिर सोझिँदा बेल नगरपालिकाका चार वडामा रहेका एक दर्जनभन्दा बढी बस्तीमा उच्च जोखिम बढेको छ । गत वर्षदेखि नदीले पश्चिमपट्टि बाटो लिएपछि तीव्र कटान हुन थालेको हो । नदीले कटानगर्न थालेपछि बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ उच्च जोखिममा रहेका छन् । सशस्त्र प्रहरीले बेलका नगरपालिका–८ डुम्रिबोटमा नदीले कटान गरेपछि बाँध निर्माणलाई तीव्ररुपमा जोड दिएको छ ।

कोसी सम्झौता भए अनुसार भारत सरकारले नदीको दुवैतिर स्थायी तटबन्ध नबनाएकै कारण पछिल्लो केही वर्षादेखि बाढी र डुबानको समस्या अझ बढेको स्थानीयबासीले बताएका छन् ।

स्थानीयवासी भन्छन् बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा बढ्दा सप्तकोसी किनाराका बासिन्दारहरु घरबारविहीन बनिसकेका छन् ।
‘नदी पूरै गाउँतिर सोझिएकोले गर्दा स्थानीयबासीहरु ढुक्कले सुत्न सक्ने अवस्था छैन । बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट सप्तकोसी नदी बग्छ । बर्खायाम सुरुसंगै नदीले वर्षेनी धेरै जनधनमा क्षति पुर्‍याउँदै आइरहेको छ ।

गत बर्षादेखि सप्तकोसीले धार बदल्दा उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोँचमा कटान गर्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका चार हजार घर परिवार उच्च जोखिममा परेका छन् । हाल बेलका नगरपालिका– ८ को लाहुरे खोच र डुम्रिबोटेमा कटान तीव्र गरेको छ ।

नदीमा पानीको सतह बढेसँगै यस क्षेत्रका बासिन्दाहरु जोखिममा परेका छन् । कोसीले गतवर्ष ६ सय मिटर कटान गरेको थियो भने त्यस्तै यस वर्षको बाढीले अहिलेसम्म थप तीन सय मिटर कटान गरी सकेको छ । अब थप दुई सय मिटर कटान गरेमा सप्तकोसीले नयाँ मार्ग बनाउने र यहाँ बसोबास गर्ने चार हजार घर परिवार बिस्थापित हुनु पर्ने अवस्था भएको छ ।

LEAVE A REPLY