परराष्ट्र मन्त्रालयले भन्यो– ‘एसपीपी अस्वीकारबारे अमेरिकालाई पत्र नपठाइसकेको

149

साझाट्युव : १९ असार, काठमाडौं ।

परराष्ट्र मन्त्रालयद्वारा एसपीपी प्रोग्राम अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय बारे अमेरिकालाई पत्र नपठाएका जाकारी दिएका छन् ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसीपी अस्वीकार गर्ने निर्णयबारे पत्र पठाउने काम पुरा भैनसकेको भनेका छन् ।

प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको भएता पनि हाल अध्ययन गरिरहेकाले पत्र भने नपठाइसकेको उनले बताएका थिए । अध्ययन सकेपछि निर्णय कार्यान्वयन हुने उनले जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालय‘एसपीपी बारे पहिले गरेको पत्राचारमा सहभागी भएका थिएन, अहिले हामीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ,’ ‘परराष्ट्र मन्त्रालयले खरो अध्ययन गरिसकेपछि मात्रै पत्राचार गर्नुपर्ने भएकाले अहिले निर्णय कार्यान्वयन गरेको छैन, तर ढुक्क रहनुहोस अध्ययनपछि निर्णय कार्यान्वयन गर्छौं उनले भने ।’

LEAVE A REPLY