श्रीलंकामा इन्धनको संकट

141

साझाट्युव : २० असार, काठमाडौं ।

श्रीलंकामा एक दिनको लागि मात्र पुग्ने इन्धन बाँकी भएको बताइएइन्धनछ । देशमा ठुलो आर्थिक संकट परे संगै ऊर्जा मन्त्रीले उक्त बताएका छन् । सार्वजनिक यातायातहरु तेलको अभावमा ठप्प भएको छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको संख्या धेरै भएकोले लामो लाइन रहेको छ ।

ऊर्जामन्त्री कञ्चना विजेसेखेराका अनुसार मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार भएको, र त्यहा भएका प्राय अधिकांश पम्पिङ स्टेसनहरु केही दिनबाट इन्धनविहीन भएका छन् ।

टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक इन्धन बिक्रीका लागि दुई हप्ताको निम्ति रोक लगाएको थियो । जुलाईको २२ र २३ मा अर्को पेट्रोल ढुवानी हुने उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY