साझाट्युव : २० असार, काठमाडौं ।
काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैलाई गोली हानि आत्महत्या गरेका छन् । दूतावास स्रोतले बताए अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजे भन्दा अगाडी नै आफूलाई गोली प्रहार गरेका थिए ।
नाम उल्लेख नगर्ने शर्तमा दूतावास स्रोतले भन्यो,‘हामीले बिहान ९ बजे कार्यालय खोल्नुभन्दा अगाडी नै यो घटना भैसकेको थियो । ती सुरक्षाकर्मीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस बारेमा भारतीय सुरक्षाकर्मीले अनुसन्धान गरिरहेको छ ।
३२ वर्षीय सुरक्षाकर्मीको शवलाइ पोस्टमार्टमका निम्ति टिचिङ अस्पताल लगिएको छ ।’ यता नेपाल प्रहरीले पनि भारतीय दूतावासले आफूहरुलाई एक सुरक्षाकर्मीले आत्महत्या गरेको जानकारी गराएको बताएको छ ।