किसानहरु लाई मल दिनु आफ्नो पहिलो प्राथमिकता : मन्त्री यादव

177

साझाट्युव : २० असार, काठमाडौं ।

नवनियुक्त भएका कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानहरु लाई मल दिनु आफ्नो पहिलो
प्राथमिकता रहेको जानकारी दिएका छन् ।

आज मन्त्रालयमा पदभार समाल्दै गर्दा सञ्चारकर्मीहरु संग संक्षिप्त रुपमा प्रतिक्रिया दिदैँ मन्त्री यादवले किसानहरुलाई मल उपलब्द गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले भने मलको अभावका कारण किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानहरुलाई मल पुर्‍याउनु पर्छ भन्ने हो |

‘प्राथमिकता सबैभन्दा अगाडी मलखादको अभावलाइ पुरा गर्नु छ । कृषकहरुले मलखाद पाइराखेका छैनन् । त्यसको निम्ति सबभन्दा पहिला मलखाद कसरी किसानहरुलाइ उपलब्द गर्न सकिन्छ त्यस कुरामा भरपुर प्रयास रहन्ने छ ।’ उनले भने, ‘विभिन्न कारणले मल ल्याउन सकिएन त्यो त छदैछ, तर मेरो प्रयास सकेसम्म एक दम चाडो भन्दा चाडो किसानहरु सम्म मल पुर्याउने काम गर्नेछु ।

मन्त्री यादवले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

LEAVE A REPLY