साझाट्युव : २२ असार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ निरन्तर बढ्नेक्रम भैरहेको छ ।
युरो १ को खरिद दर १३०.४५ पैसा छ भने विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पैसा रहेकोछ भने विक्रीदर ८६.५२ पैसा छ ।
जापानी येन १० को खरिद दर ९.३२ पैसा छ । भने विक्रीदर ९..३६ पैसा रहेको छ । त्यस्तै ,चाइनिज युआन १ को १८.९० पैसा विक्रीदर रहेको छ,भने १८.९९ पैसा रहेको छ ।
त्यसैगरी कतार रियाल १ को ३४.६९ पैसा रहेको छ । भने विक्रीदर ३४.८५ पैसा रहेको छ ।त्यस्तै गरेर साउदी अरब रियाल १ को खरिददर ३३.७६ रहेको छ भने विक्रीदर ३३.९२ पैसा रहेको छ ।
यतिबेला रुस र युक्रेन युद्धको असरको कारणले भारतीय मुद्रा कमजोर हुँदै गईरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर भएकाले केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर भईरहेको छ ।