सरकारले नागरिकता बिषयमा अर्को विधेयक दर्ता गराउने : राजेन्द्र महत्तो

179

साझाट्युव : २२ असार, काठमाडौं ।

सरकारद्वारा प्रतिनिधिसभाको आगामी बैठकमा नागरिकता बिषयमा अर्को विधेयक दर्ता गराउने भएको छ ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसदको यसअघि पेस गरेको विधेयक आगामी बैठकमा फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने गृहमन्त्रीले जानकारी दिएको बताए ।

उनले संसद भवनमा पत्रकारहरु सँग कुरा गर्दैलामो समयबाट नागरिकता विधेयकलाई अल्झाई राखेकाले नयाँ विधेयक ल्याउनु यो सकारात्मक कुरा भएको बताए ।

दलहरुको बीचमा नागरिकताका सम्बन्धमा गरेको सहमतिलाई समावेश गर्दै नयाँ विधेयक ल्याउने जानकारी समेत गृहमन्त्रीले दिएको उनको बताए । जन्मसिद्धका सन्तानलाई नागरिकता प्रदान गर्ने बिषयामा संवैधानिक व्यवस्था अनुसारको कानुन ल्याएर पास गर्ने भन्ने सहमति भएको उनले बताए छन् ।
चार वर्षदेखि प्रतिनिधि सभामा विचाराधीन नागरिकता विधेयकलाई सरकारद्वरा फिर्ता लिने निर्णय भएको थियो ।

LEAVE A REPLY