साझाट्युव : २४ असार, काठमाडौं ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको स्वास्थ्य अवस्था नाजुक रहेको जापानका प्रधानमन्त्री फुमिओ किशिदाले जानकारी दिएका छन् । उनि निकै भावुक बन्दै पत्रकारहरुसँग भने पूर्वप्रधानमन्त्री आबेलाई बचाउने हरसम्भव कोसिस गरिरहेको बताएका छन् ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि उनी बेहोस भएको जापानका सन्चार माध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री फुमिओ किशिदाद्वारा यो घटनालाई बर्बरतापूर्ण आक्रमण भएको भनेर निन्दा समेत गरेका छन् ।
अमेरिकाले समेत पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको घाटनालाइ निन्दा गरेको छ । यस घटनालाई नियालीरहेको भन्दै ह्वाइटहाउसले शिन्जो आबेको परिवार र जापानी नागरिकको साथमा भएको बताएको छ ।
पूर्वप्रधामन्त्री आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीद्वारा नियन्त्रणमा लि सकेको छ । उनको साथबाट बन्दुक पनि बरामद गरेको छ ।
उनले गोलि हानिसकेपछी नभागेको सुरक्षाकर्मीले घटनास्थल नजिकैबाट उनलाई नियन्त्रणमा लिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
उनी जापानको मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य समेत रहेका छन् । त्यस्तै उनले स्थानीयमा रहेको एक विश्वविद्यालयमा समेत पढाउँथे । मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा परिचित छ । यो जापानको नेभल डिफेन्सका साथ कार्यरत जापान सेल्प–डिफेन्स फोर्सको समुद्री वारफेयर शाखा हो ।
पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको भिडियो देखिन्छ । गोली लागेतत्काल उनी भुइँमा ढलेको र रगताम्य भएको तस्वीर
पनि सामाजिक सन्जालहरुमा रहेको छ ।