असारमा मात्र २५ दिनमा ५२ अर्ब विकास खर्च,

151

साझाट्युव : २६ असार, काठमाडौं ।

हरेक असारमा आएर ठूलो बजेट खर्च गर्ने प्रवृत्ति चालु आर्थिक २०७८/०७९ मा पनि दोहोरिएको छ । पछिल्लो २५ दिन यतामात्र विकास खर्च ५२ अर्ब रुपैयाँ पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ३१ जेठ २०७९ मा विकास खर्च १३७ अर्ब रुपैयाँ भएको छ । भने शनिबार २५ जेठ २०७९ सम्म विकास खर्च १८९ अर्ब भएको छ । यो गएको २५ दिनभित्र भएको पूँजीगत खर्च हो ।

महालेखा नियन्त्रक कार्यालयले बताए अनुसार शनिबार मात्र १५ अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च पुगेको छ । शुक्रबारभित्र १७४ अर्ब रुपैयाँ भएको पूँजीगत बजेट खर्च शनिबार १८९ अर्ब पुगेको तथ्यांक रहेको छ । यो संगै अब पूँजीगत विकास वार्षिक लक्ष्यको ५० प्रतिशत पुगेको छ । शनिबारसम्म विकास खर्च ५०.११ प्रतिशत भएको छ । यस आवमा सरकारको ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य भएको बताएको छ ।

विकास खर्चभएसँगै चालु र वित्तीय व्यवस्थातर्फको भुक्तानी पनि असार लागेसँगै उल्लेख्य बढेको छ । कुल बजेट ३१ जेठसम्ममा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको खर्च २५ दिनमा २ सय २ अर्बले बढेर १२ खर्ब ३७ अर्ब रुपैयाँ भएको छ । यो कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत हो ।

LEAVE A REPLY