यदि हामी सतर्क नरहे देश श्रीलंकाभन्दा नाजुक हुने स्थिति छ : ओली

175

साझाट्युव : काठमाडौं, २७ असार  ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालको सरकारकै कारण देश श्रीलंका बन्न लागेको भनेका छन् । अब हामी सबैजना सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आजको आयोजना भएको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो भनेका हुन् । यो सरकारको अर्थमन्त्रीले अनाधिकृत तरिकाले बजेट निर्माण,अनि कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा भएको दाबी समेत गरे ।

‘बजेट निर्माणमा कार्यमा अनाडि मान्छेहरू सम्लग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोडघटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनले भनेका छन् । कर दर, अन्तशुल्क छुट दिने जस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी, अवान्छित तत्वहरूको हात घुसाउने काम गरेको उनको भनाइ छ ।

हतियार खरिद गर्न न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ । न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ । अर्थमन्त्री एकजनाको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा भएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ । यसको प्रभाव श्रीलंकमा पुग्ने लक्षण देखिँदैछ उनले भने ।’

 

LEAVE A REPLY