गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष मगर निलम्बित

161

साझाट्युव :२७, असार, लन्‍डन ।

लन्‍डन- गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरलाइ पदबाट निलम्बित गरेका छन् । एनआरएनए यूकेका महासचिव रहेका खुशी लिम्बूले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा बुझाउनुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धका काम समेत नलिएको हालको स्थितिमा संस्थाभित्र विवाद सुरु भएपछि गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकमा अध्यक्ष कुल आचार्यको संयोजकत्वमा गठित एक उच्चस्तरीय छानबिन समितिले छानबिनको प्रकृयालाइ अघि बढाएपछि मगरको पद स्वतः निलम्बनमा भएको जानकारी दिएका छन् ।

 

बेलायतस्थित नेपाली समुदायलाई एनआरएनए यूकेको अध्यक्षको हैसियतमा प्रेम गाहा मगरलाई त्यस्तो कुनै पनि कार्यक्रममा अतिथिको रुपमा बोलाउने,र चन्दा लिने दिने कार्यलाइ तुरुन्तै बन्द गर्न गराउन विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष प्रेम गाहा मगरले संघको सदस्यता शुल्क केन्द्रमा नबुझाएको हुँदा संस्थाको सम्बन्धन खारेजीको प्रकृयामा रहेको एनआरएनए यूकेले बताएको छ ।

LEAVE A REPLY