आजबाट बजेट प्रकरणका बारेमा औपचारिक रुपमा छानविन सुरु

161

साझाट्युव : २८ असार, काठमाडौं ।

बिबादित अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेर फेर गराएको आरोपका विषयमा छानबिन गर्न गठित विशेश समितिले आजबाट औपचारिक रुपमा काम सुरु गरेको छ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले आज औपचारिक बैठक बस्ने बताएका हुन् । आज बस्ने बैठकले कार्यविधि तय गर्ने काम गर्ने छ । समिति सचिव सुरेन्द्र अर्यालले साेमबारको बैठकको एजेण्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने भएको बताएका छन् ।

मंगलबार औपचारिक बैठक बसेर काम सुरु भएपछी १० दिनभित्र प्रतिवेदन दिनुपर्ने छ । संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

करको दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री जनार्दन शर्माले यहि असार २२ गते पदबाट राजीनामा दिएका थिए । राजनीतिक रुपमा आफूलाई बदनाम गर्न चाहेको भन्दै उनले छानबिन गर्नको लागि चुनौती पनि दिएका छन् ।

LEAVE A REPLY