राहदानीको म्याद ६ महिना बढी रहेमा विदेश यात्रा सहजै गर्न सकिने

157

साझाट्युव : २८ असार, काठमाडौं । 

राहदानी विभागद्वारा एक वर्षभन्दा धेरै समय भएका सेवाग्राहीहरूको नयाँ ‘पासपोर्ट’ का निम्ति नवीकरण नहुने भएको छ । देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित नियोगलाई सेवाग्राहीको ‘पासपोर्ट’ को समय एक वर्षभन्दा ज्यादा भएमा आवेदन नलिनले आग्रह गरेका छन् ।

विभागले बताए अनुसार राहदानीको म्याद ६ महिना बढी रहेमा विदेश यात्राको लागि सहजै गर्न सकिने छ ।

राहदानी ऐन, २०७६ को दफा (१२) राहदानीवाहकको नाममा जारी भएको राहदानीको बहाल एक वर्ष भएमा वा सो भन्दा बढी रहेमा नयाँ जारी नगर्ने व्यवस्था रहेको छ।

विभागद्वारा जारी भएको सूचनामा उल्लेख छ,’ अहिले केही एजेन्सीहरूले सेवाग्राहीलाई दुई-तीन वर्ष म्याद भएको राहदानी भएमा मात्र विदेश जान पाइने भनेकाले सेवाग्राहीहरू नयाँ पासपोर्ट बनाउनको लागि आइरहेका छन् । एक वर्षभन्दा कम म्याद रहे पनि कुनै शुल्क नलाग्‍ने र आवश्यक पर्दा मात्र नयाँ बनाउनू ।’

 

 

LEAVE A REPLY