चालु आर्थिक वर्ष २०७८/७९ अन्तिम सेयर कारोबार : ८ अंकको वृद्धि,

153

साझाट्युव : ३१ असार, काठमाडौं ।

चालु आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार भएको दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । पाराम्भिक उताचढावका बीचमा सेयर बजार अन्तिम समयमा समान्य बढेर बन्द भयाे ।

शुक्रबार नेप्से ७.९३ अंक (०.४० प्रतिशत) ले वृद्धि भएर २००९.४६ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, लघुवित्त जीवन बीमा समूहलगायत लगानी कोष उपसूचकमा वृद्धि गारेको छ । लघुवित्त उपसूचक सर्वाधिक १.५७ प्रतिशत र बैंकिङ उपसूचक १.३८ प्रतिशतले बढेको भएको छ ।

 

नेप्सेमा समान्य बढ्दा २ घण्टा मात्रै सञ्चालन भएको बजामरा करिब डेढ अर्बको कारोबार भएको छ । ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ६३ लाखको कारोबार भएको छ । भने कारोबारमा आएकामध्ये अपर तामोकोशी हाइड्रोपावरको १९ करोड ७२ लाखको कारोबार भएको छ । यसैगरी एभरेष्ट बैंकले ६ करोड ९५ लाखको कारोबार गारेको छ ।

आज धेरै मूल्य बढ्ने ५ वटाको सूचीभित्र ऋणपत्र सामूहिक लगानी कोषका इकाइहरु परेका छन् । सूचीकृत भएका कम्पनीमध्ये सामुदायिक लघुवित्त ८.७१ प्रतिशतले सेयरमूल्य बढ्दा माछापुच्छ्रे बैंकको सेयरमूल्य ८.५५ प्रतिशतले वृद्धि छ ।

 

त्यस्तै गरेर ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य ५.३१ प्रतिशतले घट्दा माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ४.७६ प्रतिशतले घटेको छ । त्यस्तै रिभर फल्स हाइड्रोपावरको सेयरमूल्य ४.७२ प्रतिशतले घटेको छ ।

कारोबारको अवधिभर १८१ कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयरमूल्य घटेको छ । भने ७२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ५ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर नै रहेको छ ।

LEAVE A REPLY