देशमा एउटा मात्रै माओवादी छ : प्रचण्ड

158

साझाट्युव : १४ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा देशमा यतिबेला मात्र एउटा माओवादी बाँकी भएको जिकिर गरेका हुन् ।

आज पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने नेपालमा अब माओवादी नाम भएको माओवादी केन्द्र एउटै मात्र बाँकी भएको भनेका छन् ।

‘यो चुनावदेखि माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरु कसैको काम छैन उनले भने, ‘किरण माओवादीको काम नै छैन, विप्लव माओवादीको अब अर्थ रहने छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै रहेन ।’

उनले भने ‘आज १० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र जसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ ।’

उनले स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताकाे कारण पूरा नभएको बताए । ‘१२२ पुग्यौं । ५० सिट गुमायौं, २० सिट आएता पनि तेस्रो हुन्थ्यौं तर त्यो निर्णायक हुँदैनथ्यो । हाल हामी निर्णायक तेस्रो शक्ति रहेका छौं ।’

प्रचण्डले एकपटक पुनः देशकाे बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेश गर्ने आफ्नो धोको भएको भनेका छन् ।

LEAVE A REPLY