सरकारले सशस्त्र द्वन्द्वकालका पीडकलाई उन्मुक्ति दिने विधेयक ल्याएको भन्दै माइतीघरमा प्रदर्शन

155

साझाट्युव : १५ साउन, काठमाडौं ।

सरकारले सशस्त्र द्वन्द्वका सिलसिलामा सरकार र विद्रोही पक्षतर्फबाट अन्याय परेका पीडितहरुका पीडकलाई उन्मिुक्ति मिल्नेगरी विधेयक ल्याएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

नेपाल माओवादी पीडित संघ तथा द्वन्द पीडित समुदाय र नागरिक समाजको आयोजनामा गरिएको उक्त कार्यक्रममा सरकारले संक्रमणकालीन न्याय कानूनलाई संशोधन गर्न बनेको त्रुटिपूर्ण भएको भन्दै आइतबार बिहान प्रदर्शन गरेको छ ।

 

प्रदर्शनकारीहरूद्वारा विधेयकका त्रुटिपूर्ण प्रावधानलाई हटाउनुपर्ने माग गरेका हुन् । दण्डहिनतालाई प्रश्रय दिने विधेयक कुनै हर हालतमा आफूहरूलाई स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।

सरकारद्वारा गत असार ३१ गते प्रतिनिधि सभामा संक्रमणकालीन न्याय कानूलाई संशोधन गर्न र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य तथा मेलमिलाप आयोग ऐन, २०७१’ पेश गरेको थियो ।

LEAVE A REPLY