थुनुवा युवतीमाथि बलात्कार प्रयास गरेको प्रहरी सहायक निरीक्षक असई विरुद्ध मुद्धा

210

साझाट्युव : १५ साउन,नेपालगञ्ज ।

कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध मुद्धा दर्ता भई अनुसन्धान सुरु भएको छ ।

बाँकेका जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई पदबाट निलम्बन गरेर अनुसन्धान प्रक्रिया सुरु गरेको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता भएको छ।

गएको ११ साउनमा बहुविवाहको आरोपलागेर थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृत पनि रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले राति २ बजे आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

 

पिडित युवतीले राति २ बजे हिरासतबाट बाहिर बोलाएर कोठामा लगी बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएको आधारमा चौलागाईँलाई निलम्बन गरी अनुसन्धान सुरु गरेको छ ।

 

LEAVE A REPLY