आउने मंसिर ४ गते चुनाव हुने

135
kf]v/f, @& j}zfv . sf:sL lhNnfdf lgjf{rgsf nflu ;'/IffsdL{ afx]s Ps xhf/ ^*) hgf sd{rf/L / Ps xhf/ cf7 hgf :jo+;]js kl/rfng ul/Psf] 5 . t:jL/ M /flwsf sF8]n, /f;;

साझाट्युव :१९ साउन, काठमाडौं ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरणमा संघीय संसद साथै प्रदेश सभाको चुनाव हुने निर्णय भएको छ ।

आज भएको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव गरेको थियो। निर्वाचन आयोग समेतले पनि यो अघि मंसिर पहिलो साता चुनाव हुन सक्ने सुझाव दिएको थियो।

यो भन्दा अघाडी २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा गरेको थियो । गत स्थानीय चुनाव वैशाख ३० गते भने एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा गरेको थियो ।

प्रतिनिधि सभाका निम्ति १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुने भएको छ ।

LEAVE A REPLY