३८.६१ अंकले सेयर बजार ओरालो

154

साझाट्युव :१९ साउन, काठमाडौं ।

सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट भएको छ । ३८.६१ अंकले घटेको बजार २१४८.१६ बिन्दुमा पुगेर रोकेको हो ।

आज कुल २१५ कम्पनीको ५६ हजार ८१९ वटा कारोबारभएकोमा ८५ लाख ६९ हजार ५ कित्ता बराबरको कारोबार गरेको छ । यो दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको कारोबार गरेको छ । सबैभन्दा बढी व्यापार, होटल लगायत पर्यटन र वित्त उपसमूहका लगानीकर्ताले गुमाए छ ।

आज बिहिबार वलेफी हाइड्रोपावरको दर सबैभन्दा धेरै ९.९८ प्रतिशतले वृद्दि भएको छ । सामलिङ पावर, रिभर फल्स, विन्ध्यवासिनी, घलेम्दी हाइड्रोको मूल्य बढेको छ । यो दिन युनाइटेड आईडीआई मार्दीको मूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY