उम्मेदवारका बन्दसूची निर्वाचन आयोगमा बुझाइ सकेपछि मात्र निष्क्रिय हुने

139
;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z'qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t't ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

साझाट्युव :१९ साउन, काठमाडौं ।

मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा आगामी निर्वाचनका निम्ति उम्मेदवारका बन्दसूची निर्वाचन आयोगमा बुझाइ सकेपछि मात्र निष्क्रिय हुने भएको छ । सरकारद्वारा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाच आउने ४ मंसिरमा गर्ने निर्णय भएको छ ।

उक्त निर्वाचनका निम्ति उम्मेदवारको बन्दसूची बुझाएपछि मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।

‘विगतको अभ्यासअनुसार आगामी निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि अहिले प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुन्छ,’ प्रवक्ता पाण्डेले भने ।२०७४ सालमा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि व्यवस्थापिका संसद निष्क्रिय भएको उनको भनाइ छ । यही अभ्यासका आधारमा मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि निष्क्रिय हुने प्रवक्ता पाण्डेले बताए ।

सरकारले निर्वाचनको मिति घोषणा गरेता पनि संसद् सञ्चालनमा कुनै बाधा नहुने उनको भनाइ थियो । सरकारले नयाँ विधेयक ल्याउन सक्ने सचिवालयमा दर्ता भएका विधेयक र प्रस्तावउपर छलफल र पारित गर्न निर्वाचनको मिति घोषणाले बाधा नहुने पाण्डेले बताए ।

निर्वाचनको मिति घोषणा गरेसंगै संसदको कार्यकाल कहिलेसम्म रहन्छ भन्ने विषयमा चासो रहेको छ । केही संविधानविद्ले निर्वाचनको मिति घोषणा गरेसंगै संसद् स्वतह विघटन हुने बताउँछन् । भने केहीले मनोनयन दर्ता भएपछि मात्र सांसदको कार्यकाल सकिने बताउँछन् ।

LEAVE A REPLY