मन्त्रिपरिषद बैठकबाट भयो सचिवहरुको सरुवा

199

साझाट्युव :१९ साउन, काठमाडौं ।

सरकारद्वारा सचिवहरुको सरुवा गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुलाइ सरुवा गरेको छ ।

एक जना मन्त्रीका अनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल समेत प्रधानमन्त्री कार्यालयमा सरुवा भएका हुन् ।

 

त्यसै गरेर आज नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका छन् । त्यहाँ भएका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका हुन् ।

त्यस्तै गरेर महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका हुन् ।

LEAVE A REPLY