बाढी घटेसंगै श्रीलंका टापुबाट घर फर्कन थाले बासिन्दा

158

साझाट्युव : १९ साउन, विराटनगर ।

सप्तकोशी नदीको बाढीले बाँद फुटाएर कटानको कारण घर छाडेर सुरक्षित स्थानमा रहेका बासिन्दा श्रीलंका टापुबाट घर फर्कन थालेका हुन् ।

उदयपुरको बेलका नगरपालिका स्थित – ८ मा नदीले कटान गरेर भंगालो बस्तीमा पसेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका थिए । कुल एक हजार ५०० परिवारहरुले बस्ती छाडेता पनि ५०० परिवार भने जोखिम मोलेरै घरमै रहेका थिए ।

बराहक्षेत्र नगरपालिका–९ का वडाध्यक्ष निरञ्जन मण्डल चन्द्रवंशीका अनुसार बुधबार बाढीको त्राससँगै रात बिताएकाहरुको बिहीबार दिउँसो बाढीको बहाव घटेसंगै उनीहरु घर फर्कन थालेका छन् ।

डुबानमा नभएका गाँउका बासिन्दा बिहीबार घर फर्किएको सुनसरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिए । बाढीको‘जोखिम भएकाले हिजो उनीहरुलाई हामीले उद्धार गरी ल्याएका थियौं,’ यादवले भने, ‘

टापुको गहिरो भाग र खोला किनारमा रहेका घरहरु अहिले पनि डुबानमा नै रहेका छन् । उच्च स्थानमा रहेको घरहरुमा बाढी नपुगेको चन्द्रवंशीले बताए ।

सप्तकोशीको दुई भंगालोको बीचमा भएको श्रीलंका टापुमा दुई हजार ५०० बढी परिवारको बसोबास रहेको छ । टापु उदयपुरको बेलकाको ४ वटा र सुनसरीको बराह नगरपालिकाको २ वटा वडामा पर्छ । बाढीले बेलका नगरपालिकाका १, २, ३, ८ र ९ मा बढी प्रभावित भएको थियो ।

उनले भने,बढीले विस्थापित भएका अधिकांश आफन्तको घरमा बसेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । ‘बाढी प्रभावितहरुकेव्र`१२३४५६७८४२३१-लाई हामीले चार स्थानमा बसालेका छौं । ‘धेरै परिवार आफन्तको घरमा बसेका छन् ।’

उनले बाढी अहिले घटेता पनि जोखिम भने कायमै भएकोले सतर्कता अपनाइएको बताए । ‘उद्धारका निम्ति तीनवटै सुरक्षा निकायको टोली तयारी अवस्थामा रहेको छ । ‘हिजोको अनुपातमा पानीको बहाव केही घटेको हो ।’

बाढी प्रभावितका निम्ति स्थानीय सरकारमार्फत राहत वितरण गरेको छ । बाढी प्रभावित एक हजार पाँच सय परिवारका निम्ति प्रदेश सरकारले तत्कालका निम्ति चाहिने राहत सामग्री पठाएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जानकारी दिए । सतर्कता अपनाएका कारण बाढीले त्यस्तो कुनै मानवीय क्षति नभएको उनले बताए ।

 

LEAVE A REPLY