देशकै सर्वोत्कृष्ट जिल्ला प्रशासनमा गुल्मी अर्घाखाँची दोस्रोमा

140

साझाट्युव : साउन २०,काठमाडौ ।

गृह मन्त्रालयद्वारा कार्यसम्पादनको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट रहेको छ। गएको वर्ष तेस्रो स्थानमा रहेको गुल्मी यसपटक भने ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरूमा सर्वोत्कृष्ट भएको हो ।

हिजो मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनको अनुसार कार्यसम्पादन मुल्याङकनमा गुल्मीलाई देशैकै जिल्ला प्रशासन कार्यालयहरू मध्ये सर्वोत्कृष्ट ठहराएको छ ।

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरूसित गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेर हरेक बर्ष गृह मन्त्रालयले नतिजा सार्वजनिक गर्दै आइरहेको छ ।

समितिले शान्ति सुरक्षा,लगायत अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण साथै व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानेर प्रत्येक बर्ष प्रतिवेदन तयार गर्दै आइरहेको छ ।

त्यस्तैगरेर ९७ प्रतिशत अंकलिएर अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा लिन सफल भएका छन् भने रूकुम पश्चिम प्रशासन ९६.५ अंकलिएर चौंथो नम्बरमा परेको हो ।
त्यस्तै गरेर , हुम्ला जिल्ला प्रशासन पाँचौं नम्बरमा रहेको छ भने हुम्लासँगै समान ९५ प्रतिशत अंक पाएको डडेलधुरा समेत पाचौं स्थानमा बन्न सफल भएको गृह मन्त्रालयले बताएको छ।

LEAVE A REPLY