सेयर बजार दोहोरो अंकले बढ्यो,

193
Business and financial stock market, Economic graph with diagrams, Business investment and stock trading on dark background.

साझाट्युव : २२ साउन,काठमाडौं ।

साताको पहिलो दिनको कारोबारमा सेयर बजार परिसूचक दोहोरो अंकले वृद्दि भएको छ। आज बजार परिसूचक अंक १०.२७ अंकले वृद्दि भएको हो ।

गत साता लगातार ४ दिन घटेर २११३.५५ मा झरेको समग्र बजार परिसूचक आजको कारोबार पश्चात २१२३.८२ अंकमा बढेको छ। आइतबार बजार परिसूचक ०.४९ अंकले वृद्दि भएको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.७६ को सामान्य अंकले बढेर ४०९.५६ मा पुगेको छ।

त्यस्तै गरेर उप-समूहतर्फ कारोबारमा जीवन बीमा समूह घटेको छ भने त्यस्तै १२ समूहको सेयर मूल्य सामान्य वृद्दि भएको छ। बढ्दो बजारका बीच आज कारोबार भएका ११८ कम्पनीको सेयर मूल्य वृद्दि भएको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ। बजार १० अंकले बढेता पनि आज कारोबार रकममा भने कमी आएको हो ।

गएको साताको पहिलो कारोबारमा ४ अर्बमाथि कारोबार भएको बजारमा आज भने २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । २१९ कम्पनीका ६१ लाख ६ हजार ५ सय २१ कित्ता सेयर ४४ हजार २४० पटकमा किनबेच भएको छ। भने आइतवार मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको हो ।

 

LEAVE A REPLY