साझाट्युव : २३ साउन,काठमाडौं ।
संसदीय समितिद्वारा सार्वजनिक यातायातले यात्रुहरुसित मनपरी भाडा असुल गरेको सम्बन्धमा तत्काल संस्थागत संयन्त्र बनाएर अनुगमन गर्नको लागि सरकारलाई निर्देशन गरेको छ ।
आज प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको हालको कार्यप्रगतिको सम्बन्धमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसित छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकि हुन् ।
समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसित आफ्नो मनपरी भाडा उठाउने गरेको गुनासो आएको उनले बताइन् । उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउनलाइ समेत सरकारलाई निर्देशन दिएकि छिन ।
सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द भएको सडकलाइ तत्काल पहिरो हटाउनको लागि समेत निर्देशन दिइन् ।
त्यस्तै उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय तहका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई बिशेष ध्यानमा राखि निर्माणाधिन नारायणघाट-मुग्लिन र मुग्लिन-पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्नको लागि निर्देशन दिइन् ।
उनले भनिन्, ‘सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर र टहराहरुलाई हटाउन तथा देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकहरुमा तत्काल पहिरो हटाउनलाइ समिति भौतिक तथा उर्जा मन्त्रालयलाई निर्देशन गर्दछ।’
उनले वातावरण,प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालीन समाधान विकासलगायतको निर्माणको विषयमा तत्काल अध्ययन गरेर कानून ल्याउनलाइ सभापति खड्काले सरकारलाई निर्देशन दिइन् ।