ललितपुरका ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

293

साझाट्युव : २६ साउन, काठमाडौं ।

ललितपुर महानगरपालिका स्थित् बसोबास गर्ने ज्येष्ठ नागरिकहरुले १० हजार रुपियाँ भत्ता पाउने भएका छन्।

ज्येष्ठ नागरिकले पनि चाडपर्वलाइ हाँसीखुसीसाथ मनाउन सकुन भनी महानगरपालिकाले काम अघि बढाएको बताएको छ ।

उमेर ढल्किन्दै गएको वृद्धाहरुको स्थितिलाई मध्यनजर गर्दै प्रत्येक बडादशैँ ताका हरेक वर्षको एकपटक १० हजार दिने निर्णय भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

उनले भने हरेक वृद्द वृदाहरुको मन पनि अति ज्यादै हर्षित हुनेछ ।‘यो रकम पाएसँगै उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कुरालाई बिशेष अघि बढाउन लागेका हौं ।’ महानगरपालिकाले गएको वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई पाँच हजार दिदैआईरहेकोमा यस वर्ष भने पाँच हजार थप गरी रु १० हजार दिने निर्णया भएको महर्जनले जानकारी दिए । ललितपुरमा लगभग सात हजार ज्येष्ठ नागरिक भएको जानकारी दिए ।

त्यस्तैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी भएमा उहाँहरूको सेवा तथा रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका निम्ति समेत पठाउने बारेमा पनि ध्यान दिने महर्जनले बताए ।

महर्जनले भने महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको छ। ‘महानगरपालिकामा कुल ८१ हजार घर सङ्ख्या रहेका छन् । यसमा मात्र १० प्रतिशत घरमा प्लेट जडान गर्न बाँकी छ ।

प्लेट जडान सम्पन्न गरेसंगै हामीले जिपीएस प्रणालीमार्फत प्रतेक व्यक्तिको घर पत्ता लगाउन सजिलो हुने वातावरण तयार गर्नेछौँ,’यसका साथै हामीले महानगरका टोल–टोलमा प्रचलित र रैथाने नामको नामकरण गरेर प्रत्येक नागरिकलाई वारपार गर्न सहज स्थिति सिर्जना गरिदिएका छौं ।’

LEAVE A REPLY