सुरक्षाकर्मीलाई परिचालन गरिँदै काठमाडौंको फोहोर ढुवानी

283
साझाट्युव : १,भदौ  काठमाडौं ।

काठमाडौं उपत्यकाको फोहोर फेरि आज पनि सुरक्षाकर्मीलाइ परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा राख्ने भएको हो । फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा पुर्याएको थियो । स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग समेत गरेको थियो।

त्यस्तै आज पनि प्रहरी प्रशासनको सहयोगमा फोहोर ढुवानीको तयारी गरेको छ। सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीय डाँडामा जम्मा भएर रहेका छन्। ढाँडखोला नजिकै ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा रहेका छन्।

यसैगरी नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार फोहोर लिएर गएका १ सय सवारी साधन मुड्खुदेखि अगाडि गईसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकैले फोहोरको गाडी पास गर्न सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएर बसेका छन्। त्यस्तै ठूलो खोलामा केही गाडी रोकिएका छन् ,भने त्यस्तै रातमाटे कोल्पुमा र सिसडोल आलेटार खण्डमा केही गाडीहरु रोकिएर बसेका छन्।

यता मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन गर्नका लागि प्रहरी परिचालन गर्ने महानगरको त्यस्तो कुनै उद्देश्य नभएको पनि बताए। ‘ढुवानी गरेर ल्याण्डफिल साइटमा लैजानलाइ प्रहरी प्रशासन परिचालन गरेर लाने हाम्रो चाहना होइन। फेरि पनि फोहोर व्यवस्थापन गर्दाखेरि कसैलाई कुनै त्यस्तो समस्या नहोस । यो हाम्रो प्रतिवद्धता हो,’ शाहले भने।

LEAVE A REPLY