जबर्जस्ती गरेर टाउकोको गिन्ति गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन: एमाले

264

भदौ १, काठमाडौं ।

प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले नागरिकता विधेयकलाई अब सर्वस्वीकार्य दस्तावेज बनाउनका लागि राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गरेको छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधिसभामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताएका हुन् । उनले राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै जनमत विभाजित गर्ने काम नगर्न आग्रह समेत गरे ।

ज्ञवालीले ‘जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन ’भने।

LEAVE A REPLY