आजभोलि पार्टीमा पदका निम्ति मात्रै प्रतिस्पर्धा थाल्यो : प्रचण्ड

197

भदौ ३ , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो पोखेका छन् ।

काठमाडौंमा शुक्रबार भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा आजभोलिको नमिठो अनुभव सुनाउदैउनले ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ’ भने।

LEAVE A REPLY