मैवाखाेला समाज काठमाडौंको आयाेजनामा प्रथम अन्तरपालिका फुट्सल कार्यक्रम सम्पन्न

329

साउन ७, काठमाडौ । मैवाखाेला समाज काठमाडौंको आयाेजनामा अन्तर पालिका फुटसल प्रतियोगिता सानदार,सभ्य,साैह्रार्द पूर्ण रुपमा सम्पन्न भएको छ ।
हाम्रो फुट्सल चाबहिलमा आयोजना भएको उक्त खेल प्रतियोगितामा श्रीजंघा समाज,पाथीभरा याङवरक समाज, फक्तालुङ समाज, मिक्वाखाेला समाज, मेरिङदेन समाज,आठराई त्रिवेणी समाज साथै आयाेजक टिम मैवाखाेला समाज लगायतका खेलाडीहरु सहभागीता भएका थिए।

आयोजक समाजका अध्यक्ष बलबहादुर तामाङको अध्यक्षतामा र महासचिव बुद्धिमान परियारको संचालनमा भएको सो आयाेजनालाई सफल बनाउन कार्यक्रम व्यबश्थापन समितिका संयाेजक याेगेन्द्र नेयाेङ तथा सदस्यहरु,कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले सकृय भुमिका निभाएका थिए।

उक्त फुट्सल प्रतियाेगितामा प्रथम पुरस्कार संस्थाका अध्यक्ष बलबहादुर तामाङले उपलब्ध गराएका थिए भने द्वितीय पुरस्कार प्रतिनिधि सभा सदस्य तथा पूर्ब मन्त्री याेगेश भट्टराईले उपलब्ध गराएका थिए।

जसमा प्रथम टिम मेरिन्देन गाउँपालिका,दाेस्राे हुने टिम श्रीजंघा गाउँपालिका भएका छन् भने उत्कृष्ट किपर नवीन पनेरू ,उत्कृष्ट खेलाडी विबेश लङवा र सर्वाधिक गाेलस्कर विश्वराज साम्मेखाम रहेका छन् ।

यसैगरी,४५ वर्ष माथी मैत्रीपूर्ण खेल प्रदेश क र ख बीच सम्पन्न भएको छ। जसअन्तर्गत पुरस्कार ३० केजिकाे खसी रहेको छ भने याे पुरस्कारको प्रायाेजक सल्लाहकार द्वय नन्दु वनेम र शाेम कुमार पंधाक( लिम्बू) रहेका छन् ।

आजकाे सो कार्यक्रममा विशेष अतिथिकाे रुपमा प्रदेश सरकारका उध्याेग,वाणिज्य राेजगार मन्त्री प्रताप प्रकाश हाङ्गाम उपस्थित भएका थिए भने अन्य अतिथिहरुमा प्रदेश सभा सांसद माननीय हाेम कुमारी साँवा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

LEAVE A REPLY