सरकारद्वारा दुई चिनियाँलगायत १० निर्माण कम्पनी कालोसूचीमा

281

साझाट्युव : ८,भदौ, काठमाडौं ।

सरकारद्वारा चिनियाँ कम्पनी लगयात दश वटा निर्माण व्यवसायी कम्पनीहरुलाई लाई कालोसूचीमा परेको छ । सैलुङ कन्स्ट्रक्सन कम्पनी समेत कालोसूचीमा परेको छ ।

सार्वजनिक अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बताए अनुसार ७ गतेको निर्णय भएको सूचनामा एकवर्षबाट तीन वर्षसम्म कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेको अवधिभर सो निर्माण व्यवसायी कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन नपाउने भएका छन्। सार्वजनिक खरिद ऐन, २०६३ को दफा उपदफा (१) बमोजिम सूचना प्रकाशित भएसंगै लागू रहने छ ।

त्यस्तै गरेर नेपाल विद्युत प्राधिकरण हेटौडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण आयोजनमा काम गरिसकेका चाइनिज एम एस जोङदिङ इन्टरनेस्नल कम्पनी समेत तीन वर्षसम्म कालोसूचीमा परेको हो । चिनियाँँ दुवै कम्पनीले विद्युत प्राधिकरणको काम गरिरहेका थिए ।

सरकारद्वारा दुई चिनियाँँ निर्माण कम्पनीलाई ३ वर्ष,त्यसैगरी एक भारतीय कम्पनीलाई ३ वर्ष र सैलुङ कन्स्ट्रक्सन कम्पनीलाई ३ वर्षसम्म कालोसूचीमा राखेको छ । अन्य ६ नेपाली कम्पनीलाई एक वर्षसम्म र अर्को एक कम्पनीलाई २ वर्ष ६ महिनासम्म कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

LEAVE A REPLY