काठमाडौँ उपत्यकाभित्र २७०२ जना सवारी चालकलाइ कारबाही

259

साझाट्युव : भदौ १९,काठमाडौं ।

ट्राफिक प्रहरीद्वारा काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ७०२ जना सवारी चालकहरुलाई कारबाही गरिएको छ ।

 

ट्राफिक नियमलाइ उल्लंघन गरेको हुँदा उपत्यकाको धेरै स्थानबाट शनिबार उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

कारबाही हुनेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १८२, लेन क्रस गर्ने ४८, रेड लाइटमा नियम पालन नगरेको सवारी साधन चलाउने ६२,त्यस्तैगरेर निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसित नदेखिन्ने ३२ जना सवारी चालकहरु रहेका छन् ।

 

त्यसैगरी २ हजार २०४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले बताएको छ ।

 

 

 

LEAVE A REPLY