नुवाकोटमा प्रकृति संरक्षण अभियन्ता शेर्पालाई सम्मान

337

साझाट्युव : भदौ २०, नुवाकोट ।

नुवाकोटको सुर्यगढ़ी गाउपलिका वडा ५ स्थित चिसापानी जाल्पा मन्दिरलाई स्थानीय सरकारद्वारा ‘पर्यटकीय क्षेत्र’ घोषणा गरिएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थमन्त्री डा रामशरण महत थिए भने बिशिस्ट अथितिमा प्रकृति संरक्षण अभियन्ता पीके शेर्पा साथै अन्य अथितिहरु उपस्थितिमा ‘पर्यटकीय क्षेत्र’ घोषणा गरिएको छ। सो कार्याक्रममा अभियन्ताकर्ता शेर्पाले पर्यटनको मुख्य आधार नै प्रकृति संरक्षण पूर्ण सरसफाइ र स्वच्छ वातावरण हुनुपर्ने बताए। उनले भने लामो समयबाट हिंउ बचाउ अभियानमा लागे, तर हिंउ बचाउने आधार भनेको वृक्षारोपण नै हो। त्यति मात्रै होइन हरेक प्रजातिलाई संतुलान्गारने काम रुख बिरुवाले गर्दछ ।

सुर्यगढ़ी गाउँपालिकाको आयोजनामा पर्यटकीय क्षेत्र, स्वास्थ्य सिविर रक्तदान, बृक्षारोपण तथा सम्मान कार्याक्रममा शेर्पाको मुल मन्त्र बृक्षारोपण समेत गरेका थिए । सोहि कार्याक्रममा प्रकृति संरक्षण गरौं जलाबायु परिबर्तन / पृथ्बीको तापमान न्यूनीकरण गरौं भन्ने जस्ता धेरै नाराहरु सगरमाथाको शिखरबाट विश्वमा जनचेतना फैलाई नेपाललाई विश्वमाझा चिनौंन सफल भएकोमा शेर्पा र विश्व साइकल यात्री पुष्कर शाहलाई आयोजकले सम्मान प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा अध्यक्ष सन्त बहादुर तामांग ,उपाध्यक्ष मन्जु ढकाल ,वडा अध्यक्ष अच्युत ढकाल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY