महानगरले निकाले सुचना ९० दिनभित्र भवन र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे कारबाही

232

साझाट्युव: भदौ २३ ,काठमाडौं ।

काठमाडौं महानगरपालिकाद्वारा नक्सा पास नगरी बनेका घर अनि भवनको नक्सा ९० दिनभित्र पास गरिसक्नको लागि म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्नको लागि ९० दिनको समया दिइएको छ ।

महानगरपालिकाद्वारा सूचना सार्वजनिक गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको रहेतापनि भवनको नक्सा पास गर्नुपर्ने भनिएको छ ।

यदि महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरेर बनेका संरचना ९० दिनभित्र नक्सा पास नगरेमा कारबाही अघि बढाउने भनेको छ ।

सूचनामा भनिएको छ,‘मापदण्ड अनुकूल भएका तर, नक्सा पास नगरेर बनेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्नलाइ अनुरोध गरिन्छ,’ ।

अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारवाही हुने महानगरको चेतावनी रहेको छ ।

त्यसैगरी अर्को सूचना जारी गर्दै महानगरद्वारा भवनको मात्रै नभएर सीमा पर्खालको समेत नक्सा पास हुनुपर्ने जानकारी दिएको छ । यसकिसिमको पर्खालको नक्सा ३५ दिनभित्र पास गर्नुपर्ने भनिएको छ ।

मापदण्डविपरीतका सीमा पर्खाल नक्सा पास नगरिए महानगरले भत्काउने सूचनामा उल्लेख रहेको छ । यसरी हटाउँदाखेरि लाग्ने खर्च समेत घरधनीले असुल्ने महानगरले चेतावनी दिएको छ ।

LEAVE A REPLY