प्युठान र आसपासका धेरै ठाँउमा भारी वर्षा हुने साँझसम्म सतर्क अपनाउनुपर्ने

176

साझाट्युव : असोज २१,काठमाडौं ।

पश्चिम राप्ती जलाधारका प्राया धेरै ठाँउमा आज बिहान भारी वर्षा मापन गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाए अनुसार लालमटिया, भालुबाङ, लमही, रातामाटा, स्वर्गद्वारी, हंसपुर (प्युठान) साथै आसपासका धेरै ठाँउमा भारी वर्षा मापन गरिएको छ । उक्त क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाले बताए अनुसार राप्तीका साना नदी, लगायत दाङ र प्युठानका खहरे खोलाहरुमा एक्कासि बाढी आउने सम्भाबना रहेको छ । ती ठाउँहरुमा शुक्रबार साँझसम्म सतर्कता अपनाउनकालागि महाशाखाले आग्रह गरेको छ ।

आज बिहान पछिल्लो ३–६ घण्टामा पश्चिम राप्ती जलाधारका लालमटिया, भालुबाङ, लमही, रातामाटा, स्वर्गद्वारी, हंसपुर प्युठान र आसपासका धेरै ठाँउमा भारी वर्षा भएको र थप हुने, राप्तीका साना नदी, दाङ र प्युठानको खहरे खोलामा एक्कासि बाढी आउन सक्छ । साँझसम्म सतर्क हुनलाई महाशाखाको सन्देशमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY