फागुन १९ , काठमाडौं ।
नेपाली कांग्रेसको चुनावी अभियान केहि पर सर्ने भएको छ। यहि शुक्रबार अर्थात फागुन २०देखि सुरु गरिने भनिएको अभियान अब लगभग दुई सातापछि सर्ने भएको बताइएको छ। यसमा फागुन २० देखि चैत २० सम्मका लागि अवधि तोकिएकोमा परिमार्जन हुने भएको हो।
कांग्रेसको चुनाव केन्द्रित प्रसारका लागि ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्न लागिएको थियो। तर,कार्य सम्पादन समितिले फागुन ३ मा गरेको उक्त निर्णय संशोधन हुने भएको छ भने अभियानका लागि तयारी नपुगेको जनाउँदै दुई साता पछिबाट मात्रै सुरु गर्ने स्रोतले बताइएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए अनुसार मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसमीसी) संसदबाट अनुमोदन गराउनका लागि पार्टी सम्पूर्ण रुपमा केन्द्रित हुँदा अभियानको तयारी नपुगेकोले अभियान सारिने भएको हो ।
उनले चैतको पहिलो साताबाट अभियान सुरु गरिने समेत बताए ।देशभरका सबै वडामा अभियान सुरु गरी घर-घरमा कांग्रेसको कार्यकता पुगेर पार्टीको व्यापक प्रचार गर्ने तयारी समेत गरिएको छ।
यस सन्दर्भमा संगठन सुदृढीकरणसमेत महत्व दिने पार्टीले निर्णय गर्नुका साथै पार्टीका सबै तह, भ्रातृ र शुभेच्छुक संस्था अभियानमा सहभागी गराउने कांग्रेसले निर्णय पनि गरेको छ।
शर्माले भ्रातृ संस्थाको विधान टुंगाए लगत्तै अभियानका सन्दर्भमा छलफल गरी निर्णय गरिने बताए ।