नेपाल नागरीक अभियानको प्रथम साधरण सभा काठमाडौंमा भव्य,सभ्य सम्पन्न

452

साझाट्युव : चैत १, काठमाडौं ।

२१ औ शताव्दीको परिवेशमा राष्ट्रवादको जगमा रहने “:संवैधानिक राज संस्थासहितको प्रजातन्त्र “वैकल्पिक राजनैतिक अवधारणा बोकेर अगि बढेको नेपाल नागरीक अभियानको प्रथम साधरण सभा काठमाडौं उपत्यकामा सम्पन्न भएको छ।

सनिवार काठमाडौं सोह्रखुट्टे क्लासिक बफेट पोइण्टमा भएको सो कार्यक्रममा संस्थाको राष्ट्रिय अध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेका थिए भने विशिष्ट अतिथिहरु बिभिन्न हिन्दु धर्मविदरु,भूपू प्रहरी अधिकृतहरु ,सामाजिक अभियन्ताहरु लगायत उपस्थित रहेका थिए।

संस्थाको राष्ट्रिय अध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ‘प्रकृति संरक्षण अभियन्ता बाबु-छोरा पिके शेर्पा र सोनाम शेर्पा ‘लाइ दोसल्ला ओढाएर सम्मान-पत्र सहित विशेष सम्मान गरिएको थियो।

सम्मानित बाबु-छोरा शेर्पाले कार्यक्रममा आयोजकलाई ‘सगरमाथाको मिश्रित जल-धातुले बनेको ब्याज ‘ उपहार स्वरुप दिएका थिए।
समूद्घाटन तथा बन्दसेशन सहित सम्पन्न उक्त कार्यक्रममा सर्वसम्मतले पुन:राष्ट्रिय अध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठनै अध्यक्षतामा दोहोरिएका छन्।
विभिन्न धर्मगुरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा बक्ताहरुले एमसीसी देशको हितमा नरहेको वताउदै समस्त सनातन हिन्दुधर्मवादिहरु एक ढिक्का हुनुपर्ने जोड समेत दिएका थिए।

LEAVE A REPLY