नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर भयो

364

साझाट्युव : चैत १, काठमाडौं ।

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा मंगलबार विहान हस्ताक्षर भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरब परराष्ट्रमन्त्रीबीच भएको स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।

दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार मात्रै काठमाडौं आइपुगेका हुन् ।

आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम समेत रहेको छ ।

LEAVE A REPLY