ऋणसँगै प्रविधि पनि भित्र्याउन एडीबीलाई अर्थमन्त्रीद्वारा आग्रह

1160

साझाट्युव : चैत १, काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडीबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नयाँ नयाँ प्रविधिसमेत भित्र्याएर सहयोग प्रदान आग्रह गरेका छन् ।

एडीबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले ठूला परियोजनामा अझै दातृ निकायको ऋण आवश्यक परेको बताउदै ऋणको साथसाथै विकसित देशमा प्रयोग हुने नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह पनि गरे ।

उनले ‘हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइदिनुपर्‍यो, जसका कारण हाम्रा परियोजना कार्यान्वयन गर्न सजिलो होस् ’भने।

ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफलयोग्य हुनुपर्ने पनि अर्थमन्त्री शर्माले भनाइ राखे।

LEAVE A REPLY