विश्वकप लिग २ अन्तर्गत आज नेपालले पपुवा न्युगिनीसँग खेल खेल्दै

176

साझाट्युव : चैत २, काठमाडौं ।

युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि जारि आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।

आज नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको छ । आजको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे देखि सुरु हुनेछ ।

नेपालले यसअघि श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो भने लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म चल्नेछ ।

LEAVE A REPLY