तीन देशका प्रधानमन्त्रीद्वारा कीभको भ्रमण

250

साझाट्युव : चैत २, एजेन्सी ।

मंगलबार पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले कीभको भ्रमण गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि भेटेका छन् । यसैक्रममा स्लोभेनियाका प्रधानमन्त्री जेनेज जान्साले युक्रेनका जनतालाई ‘तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको लडाइ हाम्रो लडाइ हो र हामी मिलेर जित्नेछौं ‘भनेका छन्।

त्यस्तै,चेक प्रधानमन्त्री पेत्र फियालाले ‘तपाईं आफ्नो जीवन, आफ्नो स्वतन्त्रताको लागि लडिरहनु भएको छ । तर हामीलाई थाहा छ कि तपाईं हाम्रो जीवन र हाम्रो स्वतन्त्रताको लागि पनि लड्दै हुनुहुन्छ। हामी तपाईंको साहसको प्रशंसा गर्छौं र हामी थप सहायता र समर्थन प्रदान गर्न जारी राख्नेछौं । युक्रेनका जनताको साथमा युरोप उभिएको छ ‘ भने।

यी दुवै नेताले युक्रेनी भाषामा ‘ग्लोरी टु युक्रेन’ समेत भनेका छन् । गत महिनादेखि रुसको आक्रमणपछि युक्रेनमा विदेशी
नेता मध्येको यो पहिलो भ्रमण हो।

LEAVE A REPLY