रुसले अमेरिकी राष्ट्रपति बाइडन लगायतमाथि प्रतिबन्ध लगायो

312

साझाट्युव : चैत २, एजेन्सी ।

रुसले अब अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध नै लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे पुष्टि गरेको छ ।

रुसी विदेश मन्त्रालयले जनाए अनुसार राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको छ ।

बीबीसीले जनाए अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिकामाथि प्रतिबन्ध लगाएको हो ।

केही रुसी कम्पनीहरुमाथि अमेरिका र पश्चिमा देशहरुले प्रतिबन्ध लगाइसकेका छन् । रुसबाट अमेरिकाले
तेल आयात पनि रोकेको छ ।

LEAVE A REPLY