साना दलले पनि आफ्नै चुनाव चिन्ह पाउने बाटो खुल्यो

309

साझाट्युव : चैत २, काठमाडौं।

निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका साना दलले पनि आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने बाटो खोलिदिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए अनुसार आयोगमा बुधबार बसेको बैठकले चुनाव चिन्ह दिने प्रयोजनका लागि ती दलहरूको कुन-कुन जिल्लाका संगठनको कस्तो अवस्था छ, त्यसको विवरण माग्ने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था छ ।

यससन्दर्भमा राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिन्ह पाउने र अन्य दलले भने स्वतन्त्रको हैसियतले चिन्ह पाउने भएपछि ती दलहरुले विरोधका कार्यक्रमहरु गर्दै आइरहेका थिए ।

साथै,७३ दलहरूलाई आगामी चैत ६ गतेभित्र विवरण दिन आयोगले समय निर्धारण गरेको छ ।

LEAVE A REPLY